पर्वत । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्वतका १० जनाले ज्यान गुमाएका छन् । मृतकहरु मध्ये पर्वतको कुस्मा नगरपालिका १४ आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, वडा नं ९ का अरुण पौडेल र प्रसिद्धि पौडेल रहेका छन् । अरुण र प्रसिद्धि एकै परिवारका बुवा र छोरी रहेका छन् ।
सोही नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेल पनि एकै परिवारका आमा र छोरा हुन् । दुर्घटनामा मोदी १ भुकदेउरालीका विजय गुरुङ तथा बिहादी गाउँ पालिका ५ उराम पोखराका एकै परिवारका ४ जनाको पनि मृत्यु भएको छ ।
एकै परिवारका मध्ये अन्दाजी ६३ बर्षका जमुना शर्मा र ४० बर्षका युवराज शर्मा तथा युवराजकी १३ बर्षिय छोरी आरुबि शर्मा र ५ वर्षका वेबी शर्मा रहेका छन । युवराज शर्मा र जमुना शर्माको सनाखत भएको अस्पतालले जनाएको छ । यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पताल पोखरामा सनाखत गर्न थालिएको छ ।
प्रतिक्रिया