कालिकोट । कर्णाली प्रदेशका ५ जिल्लाका ११ पालिकामा कार्यरत वडा सचिवहरुलाई अभिमुखिकरण गराइएको छ । कर्णाली प्रदेशमा बालसंरक्षण र लैगिंक हिंसा सेवा सुदृढिकरण कार्यक्रमअन्तर्गत वडा सचिवहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफको साझेदारी, आवाजा संस्थाको आयोजना तथा बालविवाह विरुद्ध साझा अभियान कर्णाली प्रदेशको समन्वयमा वडा सचिवहरुका लागि अभिमुखिकरण गराइएको हो । कर्णाली प्रदेशमा सुर्खेत जिल्लाका ४ स्थानीय तह, जाजरकोट २, जुम्लाका २, मुगुका १ र कालिकोट २ का २ स्थानीय तह गरी ११ पालिकाका स्थानीय पन्जिकाधिकारी तथा वडा सचिवहरुलाई बाल संरक्षण र लैगिंक हिंसा सेवा सृदृढिकरण कार्यक्रमअन्तर्गत अभिमुखकिरण गराइएको आवाज विरेन्द्रनगर सुर्खेतका कार्यक्रम संयोजक लक्ष्मी चन्दले बताइन् । कार्यक्रमको सहजिकरण मनोपरामर्शकर्ता धना रावलले गरेकी छन् ।
कालिकोटको शुभकालिका र खाँडाचक्र नगरपालिकाका वडा सचिवहरुलाई बिहीबार अभिमुखिकरण गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका– १ देखि ११ र शुभकालिका गाउँपालिकाका वडा नम्बर १ देखि ८ मा कार्यरत १९ जना वडा सचिव तथा स्थानीय पन्जिकाधिकारीहरुलाई जन्मदर्तासम्बन्धी अभिमुखिकरण गरिएको हो । शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकाका वडा सचिवहरुलाई प्रशासकिय अधिकृत अविराज शाही र एम आई एस अपरेटर कलम शाहीले सहजिकरण गरेका थिए । बालविवाह विरुद्ध साझा अभियान कालिकोटका संयोजक खडानन्द अधिकारीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका प्रशासकिय अधिकृत अविराज शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागी वडा सचिवहरुले कानूनअनुसार जन्मदर्ता लिन बाँकी बालबालिका कोही भए जन्मदर्ता बनाउका लागि आफूहरुले पहल गरिरहेको र गर्ने बताएका छन् । आवाज परियोजनालाई अभिमुखिकरणका लागि धन्यवाद दिँदै आगामी दिनमा यस्ता अभिमुखिकरणको खाँचो रहेको सहभागी वडा सचिवहरुले बताए ।
प्रतिक्रिया