रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासी सडकमा खस्दा सोही ट्याक्टरको बायाँतर्फको टायरले किचेर बुधबार साँझ ८ः३० बजे घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया