कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।
आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वर्तमान वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।
उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइएको छ । कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे । उनका छोरा–बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइएको छ । उक्त आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए ।
तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइएको छ ।
प्रतिक्रिया