बझाङमा मनाइयो दशौँ राष्ट्रिय पोल्ट्री दिवस

बझाङ । जिल्लामा दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ । आज एक कार्यक्रमकाबीच पोल्टी क्षेत्रको विकासमा सर्वपक्षीय सहभागीता खाध्य र पोषण सुधार हाम्रो प्रतिवद्ता भन्ने मुल नाराका साथ दशौँ पोल्ट्री दिवस मनाएको हो ।

भेटेनरी अस्पताल तथा पसुविज्ञ केन्द्र बझाङको आयोजनामा दिवस मनाएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बझाङका कर्णबहादुर खड्काले बताए ।

उक्त कार्यक्रममा कार्यालय प्रमुख विनोदबहादुर कठायतले पोल्टी फर्मको परिचय बझाङ जिल्लामा भएका पोल्ट्री फर्म कति छन्, कुखुरा पालनको महत्व, कुखुरा पालनबाट हुने अवसर र चुनौती अण्डाको पौष्टिक महत्व मानव जिवनमा पौष्टिक कति अवस्यक पर्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम प्रमुख प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सदरमुकाम चैनपुर बजारमा कतिपय मासु व्यवसायीहरुले अवस्थित तरिकाले व्यवसाए गराएको र अव्यवस्थित व्यवसाए जस्ले गरेका छन् समयमै सुधार गर्नु आवस्यक रहेको र पोल्ट्री व्यवसायीका केही समस्या भए भेटेनरी अस्पतालका कर्मचारीहरुलाई राख्नुपर्ने र कर्मचारीहरुले नसुन्ने जिल्ला जिल्ला प्रशासन कार्यालयमा आफ्ना गुनासा सुनाउनुपर्ने बताए ।

साथै, उनले व्यवसायका गुनासालाई सहजता ल्याइदिने बताए । सो कार्यक्रममा पोल्ट्री व्यवसाएलगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया