बझाङ । चिसो बढेपछि तलकोट गाउँपालिकाले विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरेको छ । तलकोट गाउँपालिका महिला तथा बालबालिका शाखाबाट पालिकाभित्र रहेका, एकल महिला, जेष्ठ नागरिक तथा दलित महिलाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
आर्थिक वर्ष २०७९–८० को स्वीकृत बजेट मार्फत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत तलकोट गाउँपालिका सबै वडाका अति विपन्न, जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई चिसोबाट बच्नका लागि न्यानो कपडा बितरण गरेको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्बती भण्डारी कुँबरले जानकारी दिइन् ।
कुवरका अनुसार शनिवार एक कार्यक्रमको आयोजना गरी वडा न १ का २४ जना, वडा न २ का १२ जना वडा ३ का २२ जनालाई न्यानो कपडा बितरण गरेको वडाध्यक्ष रामचन्द्र रावलले बताए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रावलले ज्येष्ठ नागरिकको सम्मानका लागि वडा १ ले सुरुको बर्षदेखी नै रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । आफु निर्वाचित भएर वडामा आएदेखी बिपन्न परीवार, जेष्ठ नागरिक, एकल महिला तथा दलित महिलाको उत्थानका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको उनले सुनाए । चिसो बढेसँगै राहत स्वरूप न्यानो ओड्ने कपडा पाएपछि ज्येष्ठ नागरिक तथा एकल महिलाहरु निकै खुसी भएका छन् ।
बझाङ
प्रतिक्रिया