पाँचथरमा बाल तथा महिला हिंसा बढ्यो

पाँचथर । जिल्लामा बाल तथा महिला हिंसा बढेको छ । शनिबार सार्वजनिक इन्सेक प्रतिवेदनमा उल्लेख भएअनुसार बाल तथा महिला हिंसा बढेको पाइएको हो ।

साथै, शनिबार नै मानवअधिकार घटना पूर्व समिक्षा गरिएको थियो । संकलीत घटना प्रतिवेदनमा बाल बलात्कार १४, यौन दुर्व्यवहार ५, बालविवाह ३, बहुविवाह ४, महिला बलात्कार ६ गरी विभिन्न शीर्षकमा उल्लेख विवरणसहित ३९ घटना सार्वजनिक गरिएको छ ।

इन्सेक प्रतिनिधि सहमान विश्वकर्माले जिल्लाका घटना प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन समारोह आयोजना गरिएको थियो ।

फिदिम नगरपालिका महिला शाखा, हुकोडक नेपाल, इन्सेक लगायत ले संयुक्त अभियान सञ्चालन गरी समापन गरेका हुन् ।

उक्त समापन समारोहमा मुल आयोजक समिति संयोजक तथा नगरप्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षता रहेको थियो भने विषेश अतिथि सिडिओ गणेश गैरे, गणेश दाहाल लगायतले मानवअधिकार, हिंसा न्यूनीकरणका विषयमा आ–आफ्ना बिचार राखेका थिए ।

उक्त कार्यक्रममा हिंसा न्यूनीकरण र मानवअधिकारका घटनाबारे अन्तरक्रिया गरिएको थियो । कार्यक्रम अधिकारकर्मी प्रेम ओझाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया