मकवानपुर । बस्तिपुर जेसिज हाडिखोलाको आयोजनामा भएको सप्ताहब्यापी कार्यक्रम सप्पन्न भएको छ । हेटौंडा-१९ बस्तिपुरको सिजन पार्टी प्यालेसमा एक भब्य कार्यक्रमको साथ सप्ताहव्यापी कार्यक्रम सप्पन्न भएको हो । जेसिज बर्ष २०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ मन्त्री निमा लामाको प्रमुख आतिथि थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले राजनीतिक दलका नेतृत्वहरुले जेसिजबाट पाठ सिक्नु पर्ने बताए । ‘एक ब्यक्ति, एक पद, एक कार्यकाल’ भन्ने नारा आफैमा राम्रो रहेकोे भन्दै उनले पदको लोभले एउटै व्यक्ति लामो समय पदमा बसिरहने संस्कारलाई जेसिजमा सिकेर अन्त्य गर्न सबै नेतृत्वलाई आग्रह गरे ।
उनले भने, ‘म पहिलो पटक जेसिजको कार्यक्रम सहभागी भएको हु, नजिकबाट बुझ्ने अवसर पाए, युवाहरुलाई गोलबन्द गराई समजलाई नेतृत्व गर्ने सक्षम युवा निर्माण गर्ने रहेछ, आउँदा दिनमा हामी सहकार्य गरेर जानेछौँ ।’ उनले कार्यक्रम गरेर समाजमा योगदान पुर्याएकोमा धन्यवाद दिदै सफल कार्यकालको शुभकामना दिए । कार्यक्रमका जेसिजका उपाध्यक्ष रश्मि बस्नेतले जेसिजले हरेक युवाहरुलाई बोल्न मात्र होइन समाज परिवर्तन गर्न समेत सिकाउने गरेको बताइन् । नेपालको अन्य जेसिज भन्दा फरक कार्य गरि छुट्टै पहिचान बनाउन सफल भएकोमा बस्तिपुर जेसिजको खुलेर प्रशंसा गरिन् । बस्नेतले २०२२ को नेतृत्व सफल भएको बताउदै आगामी बर्षहरुमा समेत सफलताको शुभकामना दिइन् ।
हेटौंडा जेसिजका अध्यक्ष सिनेटर पवन कुमार कसाकारले समाजमा जेसिजले गरेको योगदानको प्रशन्सा गर्दै सम्पुर्ण टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । त्यस्तै मनहरी-५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले जेसिजको कामले साच्चै समाज र युवाहरुका लागि प्रेरणाको स्रोत बनेको बताए । उनले भने, ‘काम गर्नु मात्र ठूलो कुरा होइन गरेको कामले समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने महत्वपूर्ण हो । जुन बस्तिपुर जेसिजले गरेर देखाएकाे छ ।’
जेसिजले बर्ष २०२२ को जेसिज सप्ताह अन्तर्गतको पहिलो कार्यक्रम समुदघाटन तथा खाद्यान्न वितरण गरि सुरु गरेको थियो भने दोस्रो स्टेशनरी सामग्री वितरण कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, स्लो बाइक रेस र निर्मल माबिका विद्यार्थीहरुबीच लागू आौषध सम्बन्धि सचेतनामुलक कार्यक्रम, हेटौंडा र मनहरिको सिमामा स्वागत गेट निर्माण गरि सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको मुल कार्यक्रम संयोजक प्रेम गोङ्बाले बताए ।
कार्यक्रममा सहयोग गर्ने बिभिन्न सामाजिक संघसंस्था, जेसिजका पदाधिकारी र समाजसेवीका साथै समाजमा बिभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याएका बिभिन्न व्यक्तित्वहरुलाई मालासहित मायाको चिनाेद्वारा सम्मान गरीएको थियो । कार्यक्रममा विभिन्न शाखाका शाखा अध्यक्ष सहित विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर
प्रतिक्रिया