काभ्रे । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरे झुण्डिएको अवस्थामा फेला परेका छन् । आज शुक्रबार दिउँसो १ बजे उनकै कार्यालयको छ्तमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्र राज जोशीका अनुसार उनले घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
उनका अनुसार मातातीर्थ स्थाइ घर भएका घिमिरेले झुण्डिएर आत्महत्या गरेको जोशीले बताए । घिमिरे केही दिन महिना अघि मात्रै काभ्रे जिल्लामा रहेको खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय काभ्रेमा सरुवा भै आएका थिए ।
प्रतिक्रिया