स्याङ्जा–२ मा पद्मा अर्याल साढे ९ हजार मतले पछाडि

स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले अग्रता कायमै राखेका हुन् ।

उनले अहिलेसम्म ११ हजार ९२० मत पाएका छन् । धनराजलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्यालले २ हजार ४१८ मत प्राप्त गरेकी छन् । धनराज र अर्यालबीचको कतान्तर ९ हजार ५०२ रहेको छ ।

४ मंसिरमा भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि स्याङ्जा–२ मा १४ मंसिरदेखि मात्रै मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया