चितवन– १ बाट चुनाव लडेका गायक मिलन लामाले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका लोदोहोरी गायक मिलन (विष्णु) लामा पराजित भएका छन् ।

यही मंसिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा गायक लामाले एक हजार ४ सय २१ मात मात्रै प्राप्त गरे । उनी चुनाव चिन्ह सूर्यमुखी फूल लिएर चुनाव लडेका थिए । उनले पाएको उक्त मत परिणाम अनुसार पाँचौँ नम्बरमा परेका छन् ।

गायक लामासँगै चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले ३४ हजार २ सय १८ मत प्राप्त गरी विजयी भए भने नेकपा एमालेबाट उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले २६ हजार ६ सय ३४ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।

त्यसै गरी कांग्रेसका विश्वनाथ पौडेलले २५ हजार २२ मत प्राप्त गरे भने राप्रपाका मधुकुमार भट्टराईले २ हजार ७ सय ५१ मत प्राप्त गरे ।

प्रतिक्रिया