तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

डुम्रे । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

वरिष्ठ नेता पौडेल ५ हजार ३ सय ८८ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

आज सम्पन्न अन्तिम मत परिणाम अनुसार पौडेलले २५ हजार ३ सय १८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले २ हजार ४सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ४ सय ९० मतदातामा ६६ हजार ५ सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।

प्रतिक्रिया