नवलपुर–१ को प्रदेशसभामा कांग्रेसका जिसी र एमालेका गाहा विजयी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् ।

१५ हजार १३७ मतसहित जिसी निर्वाचित भएको लुइँटेलले जानकारी दिए । जिसीका निकटतम प्रतिस्पर्धी एमालेका रवीन्द्र अधिकारीले १३ हजार ९८७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापाले ६ हजार १४० मत प्राप्त गरे ।

प्रदेशसभा (२) मा एमालेका उम्मेदवार रोशनबहानुर गाहा निर्वाचित भए । गाहा १७ हजार ८२३ मतसहित प्रदेशसभा सदस्यका लागि निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलले १४ हजार ११० मत प्राप्त गनुरेको लुइँटेलको भनाइ छ ।

प्रतिक्रिया