पाँचथर ख बाट गठबन्धनका आङबो बिजयी

पाँचथर । पाँचथरकाे प्रदेश सभा ख बाट सत्ता गठवन्धनका साझा उम्मेद्वार इन्द्रवहादुर आङबो (मौसम) विजयी भएका छन् । उनका प्रतिष्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक निर्वाचित भएका हुन् ।

निर्वाचनमा प्रदेश सभा ख मा ३४ हजार ७ सय १५ मत खसेको थियो । यस निर्वाचन माआङबोलाई १५ हजार ६ सय ७२ मत प्राप्त गरेका गरे । उनका प्रतिश्पर्धी एमालेका नेम्वाङले १२ हजार ६ सय ५ मत पाएका छन् ।

फिदिम नगरपालिका ११ का ४० बर्षीय आङबो २०७४ सालको आम निर्वाचनमा तत्कालिन बाम गठवन्धनका तर्फवाट उक्त क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका आङबो एक नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् ।

उनी यस पटक माओवादी केन्द्र,नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी केन्द्रका तर्फवाट साझा उम्मेद्वार थिए । आङबोका प्रतिष्पर्धी एमालेका नेम्वाङ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया