बागलुङ–२ बाट माओवादीका देवेन्द्र पौडेल विजयी

काठमाडौं । बागलुङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

पौडेल नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ को मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया