काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् ।
मंगलबारदेखि सुरु भएर बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् ।
भट्टराईले २१ हजार ९ सय ४३ र बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।
भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका छन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया