मोरङ-३ मा सुनिल शर्मासँग भानुभक्त ढकाल ४५२७ मतले पछाडि

मोरङ । मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्माले अग्रता फराकिलो पार्दै लैजाँदा एमालेका भानुभक्त ढकाल ४५२७ मतले पछि परेका छन् ।

पछिल्लो मत परिणाम अनुसार शर्माले १२ हजार ३३१ मत पाउँदा एमालेका ढकालले ७८०४ मत मात्रै पाएका छन् । तेस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार रेखा थापाले २६९० मत पाएकी छन् । मोरङ ३ मा मतगणना जारी छ ।

प्रतिक्रिया