कालीकोट । प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनका लागि कालिकोटमा मतगणना धमाधम भईरहेको छ । शुभकालिका गाउँपालिकाबाट शुरु भएको मतगणना अहिले महाबै गाउपालिकाको मतगणना भईरहेको छ । समाचार तयार पार्दा सम्म शुभकालिका गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना अनुसार शुभकालिका वडा नं १,२,३,४,५,६,७ र ८
नेकपा एमालेका नगिन्द्र शाहीले २ हजार ,४ सय ७ मत प्राप्त गरेका छन्, भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् । एमालेले ५ सय ४४ मत अग्रतामा राखेको छ । २ सय १६ मत बदर भएका छन् ।
प्रदेश सभा निर्वाचनको लागि नेकपा (एमाले) कुर्मराज शाहीले २ हजार ४ सय १३ मत प्राप्त गरेका छन्, भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावतले १ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया