धनगढी । डोटीमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आलेले मतान्तर फराकिलो बनाउँदै लगेका छ्न । आलेले ४ हजार ४९ मतसहित मतान्तर फराकिलो बनाउदै गएका हुन ।
आले सत्ता गठबन्धनका साझा उम्मेदवार हुन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गौरी ओलीले २ हजार ३९२ मत प्राप्त गरेकी छ्न । भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले २१४ मत प्राप्त गरेका छ्न ।
हालसम्म ७ हजार २४७ मत गणना भएको जनाइएको छ । गत निर्वाचनमा डोटीबाट आलेले निर्वाचन जितेका थिए ।
कैलाली
प्रतिक्रिया