कैलाली- ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता

धनगढी । कैलाली निर्वाचान क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका बीरबहादुर बलायर ७०३ मतका साथ अग्र स्थानमा रहेका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट ६०५ मत सहित बलायरलाई पछ्याइ रहेका छन् ।

हालसम्म १ हजार ३४८ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन भने भट्ट एमालेका सचिव हुन । दुबै जना पूर्वमन्त्री समेत हुन । सो क्षेत्रबाट गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट भट्टले निर्वाचन जितेका थिए ।

प्रतिक्रिया