मकवानपुरमा कमल थापालाई पछि पार्दै कांग्रेसकी डिना उपाध्यायको अग्रता

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले डबलभन्दा बढी मतले अग्रता लिएकी छन् ।

उनले प्रतिस्पर्धी एमालेको सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका राप्रपा नेपालका कमल थापालाई ४ सय ३८ मतले पछि पारेकी छन् ।

मकवानपुर प्रतिनिधिसभा १ मा हालसम्म १३ सय ३५ मतगणना भएको छ । जसमा डिनाले ७ सय ८९ र थापाले तीन सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका दिपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया