काठमाडौं । प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ३० वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)को विवरण अनुसार अहिले ३० वटा निर्वाचन क्षेत्रमा गणना भइरहेको हो । तीमध्ये भक्तपुर २ मा मतगणना केहीबेर स्थगित भएको थियो । सदर र बदर मतबारे विवाद हुँदा मतगणना स्थगित भए पनि सर्वदलीय समझदारीपछि गणना सुरू गरिएको निर्वाचन परिचालन केन्द्रले जानकारी दिएको छ ।
यता, इलाममा पनि प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि मतगणना हुन सकेको थिएन । अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकमा प्रदेश सभाको बाकसमा खसेका करिब १ सय मतपत्र प्रदेशतर्फै गणना हुने सहमति भएको छ । बाँकी रहेका क्षेत्रमा पनि आजै मतगणना गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया