बझाङमा ५२ प्रतिशत मत खस्यो, साइपालका मतपेटिका ढुवानी हुँदै

बझाङ । बझाङमा ५२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङ कार्यालय प्रमुख बिमलप्रसाद गौतमका अनुसार जिल्लाभर ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ ।

गैतमका अनुसार बझाङ जिल्लामा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेकोमा ६३ हजार चार सय ८८ जनाले मात्र मतदान गरेका हुन् । बझाङ जिल्लामा कुल मतदाता १ लाख २२ हजार ३ सय ७६ मध्ये खसेको मत ६३ हजार ४८९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

पलिका अनुसारको तथ्याङ्क अनुसार जयपृथ्बी नगरपालिकामा जम्मा १४,५,२३ मतदाता रहेकोमा ७,८,८३ मत खसेको छ ।तलकोट गाउँपालिका ७,६०८मतदाता रहेकोमा ४,४,१७ खसेको छ ।

साइपाल गाउँपालिका १,४६५ मतदाता रहेकोमा जम्मा १,१४४ खसेको जनाएको छ। त्यस्तै मस्टा गाउँपालिका ९,६,०१मतदाता रहेकामा जम्मा ४,८,३८खसेको छ । सुर्मा गाउँपालिकामा ५,४०४मतदाता रहेकोमा जम्मा ३,२८८खसेको छ ।

छबिसपाथिभेरा गाउँपालिका १०,३,७७ मतदाता रहेकामा जम्मा ५,३,८५मत खसेको छ । खत्तडछान्ना गाउँपालिकामा ११,१,९०मतदाता रहेकोमा जम्मा ५,१०३ मत खसेको छ । केदारस्युउ गाउँपालिकामा १२,१०७ मतदाता रहेकामा ६,०३,५मत खसेको छ । थलारा गाउँपालिकामा ५,३,४०मत खसेको छ ।

त्यसैगरी जिल्लाको बुङ्गल नगरपालिका १९,३,७९ मत रहेकोमा १०,०११ मत खसेको छ । दुर्गाथलि गाउँपालिका ९०८,८ मतदाता रहेकोमा जम्मा ४,०९,८ खसेको छ । बिथडचिर गाउँपालिका १०,८,७२ मतदाता रहेकोमा जम्मा ५,९४७खसेको जनाएको छ ।

प्रदेशसभा (क) मा जम्मा ६१,१,६९ मतदाता रहेकोमा ३२,८,२३ मत खसेको छ । पदेशसभा (ख) मा ६१,२,०७ मतदाता रहेकोमा ३०,६,५६ मत खसेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि सात जना चुनावी मैदानमा छन् ।

नेकपा एमालेबाट ऐनबहादुर महर, जनता समाजवादी पार्टीबाट रामबहादरु जाग्री, राप्रपाबाट विश्व प्रकाश जेठारा, एकीकृत समाजवादीबाट भानुभत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी उम्मेदवार छन् । जिल्लामा राम चन्द्र राना र डम्बरहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन कायाएलय बझाङका अनुसार बझाङ जिल्लाको साईपाल गाँउपालिकाबाट मतपेटिका नआएका कारण मतगणना मतपेटिका आईसकेपछि मात्र हुनेछ ।

प्रतिक्रिया