चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाई फायर गरेको छ । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समूहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो ।
राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन् ।
उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले जानकारी दिए ।
‘मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको छ ।– न्युज कारखाना
प्रतिक्रिया