चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् ।
बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
सो अवसरमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दाबी गरे । मतदान गरेलगत्तै उनी गोरखा गएका छन् । शान्तिपुर मतदान केन्द्रमा १ हजार ७ सय ७ मतदाता रहेका छन् ।
प्रतिक्रिया