१ सय ६५ ठाँउमा मतगणना हुने, तीन दिनमा परिणाम

यस पटक देशभरीका १ सय ६५ निर्वाचन क्षेत्रमानै मतगणना हुने निर्वाचन आयोगको सह प्रवक्ता सूर्यप्रसाद अर्यालले सौर्य अनलाइनलाई बताए

काठमाडौं । निर्वाचन आयोगले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी देशैभरीका प्रत्यक्ष तर्फको निर्वाचन परिणाम तीन दिन भित्र सार्बजनिक गर्ने घोषणा गरेको छ। विगतको निर्वाचनको तुलनामा यो कसरी संभाव भयो भन्नेमा समेत अनेक जिज्ञासा पैदा भएको छ । यस पटक निर्वाचन आयोगले मतदानका लागि चार मत्र पत्रको ब्यबस्था गरेको छ । अर्थात एक मतदाताले मतदान केन्द्रमा प्रवेश गरेपछि चार वटा मत पत्रमा मतदान गर्नुपर्ने ब्यबस्था गरेको छ ।


निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फ प्रत्यक्षको मत पत्र अलगै तयार गरेको छ। जुन मत पत्रमा मतदान गर्ने ब्यक्तिले आफुलाई मनपर्ने उम्मेदवारको चुनाव चिन्हमा छाप लगाए पुग्छ। त्यसपछि सो मत पत्र पेटिकामा खसाली सकेपछि मतदाता अर्को टृेवुलमा प्रवेश गर्छ र प्रतिनिधिसभा तर्फको समानुपतिका तर्फको मत पत्र पाँउछ। उसले त्यसमा छाप लगाएपछि अर्को मत पेटिकमा खसाल्छ। जसमा देशैभरी एउटा निर्वाचन क्षेत्र मानेर निर्वाचन आयोगमा समानुपतिकका लागि दर्ता भएका दलहरु सबैको चुनाव चिन्ह हुने छ। त्यसपछि प्रदेश सभाको सदस्यका लागि पनि यही प्रक्रिया अपानाउने ब्यबस्था निर्वाचन आयोगले गरेको छ ।


निर्वाचन क्षेत्रमा नै मतगणना


यस पटक निर्वाचन आयोगले जिल्लाभरीका सबै मतपेटिका सदरमुकाममा ल्याएर सबै जम्मा भएपछि मतगणना गर्ने चलन परिवर्तन गरेको छ। यस पटक देशभरीका १ सय ६५ निर्वाचन क्षेत्रमानै मतगणना हुने निर्वाचन आयोगको सह प्रवक्ता सूर्यप्रसाद अर्यालले सौर्य अनलाइनलाई बताए। यस अघिनै निर्वाचन आयोगले देशका हरेक निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय खोलिसकेको छ। उदाहारणका लागि दश निर्वाचन क्षेत्र भएको काठमाडौमा दशवटै कार्यालयमा मतगणना हुने छ।

प्रतिक्रिया