काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि कांग्रेस नेता रमेश लेखक र एमाले नेतृ निरुदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । पाँच वर्ष सांसद नहुँदा समेत पटक–पटक जनसम्पर्कमा रहनु र राष्ट्रिय राजनीतिमा उच्च प्रभावका कारण कञ्चनपुर ३ मा कांग्रेस नेता लेखक जनतामाझ प्रिय छन् । ‘पब्लिक ग्राफ’ हेर्दा पाल भन्दा लेखक काे जनमत राम्राे देखिन्छ । पाँच वर्ष सरकार बाहिर रहेर पनि कांग्रेस नेता लेखक जनताको दुःख आपतमा घरदैलो र पिर मर्का बुझ्न आएकोहुँदा नेताको अनुभूति गर्नपाएको स्थानीय बताउछन् ।
एमाले नेतृ पाल समानुपातिक तर्फबाट सांसद हुन् । उनी सांसद भएपछि पाँच वर्ष सम्म कञ्चनपुरबासीले अनुहार समेत देख्न नपाएको गुनासो स्थानीयकाे छ । स्राेतका अनुसार त्यो भन्दा पनि पाल सांसद हुँदाका बेला बाहिरिएका काण्डहरुले उनको पक्षमा कमजोर माहोल देखिन्छ ।
सांसद पालको व्यक्तिगत ‘ट्रयाक रेकर्ड’ चाहिँ आज भन्दा उनी उनी केपी ओलीको पहिलो प्रधानमन्त्रित्व कालमा जनसम्पर्क सल्लाहकार बनेकै बेलादेखि बिग्रएको देखिन्छ । त्यहि मौकामा २० जना सोझा मुसलमानहरुबाट सरकारी खर्चमा ‘हज’ गर्न ‘मक्कामदिना’ पठाइदिने प्रलोभनमा लाखौं असुलेको उनी माथि आरोप छ । त्यस्तै उनलाई कन्चटमा पेस्तोल तेस्र्याएको बनावटी काण्ड सिर्जना गरेकाे आरोप पनि लागेको थियाे ।
प्रधानमन्त्री केपी ओलीको जनसम्पर्क सल्लहाकार हुँदा र त्यसपछि पनि निरुले धेरै मानिसहरुलाई नियुक्ति दिलाउने भन्दै आश्वासन लेनदेन गरेकाे समेत स्राेतकाे दावी छ । त्यसरी दिइएका धेरै आश्वासनहरु उनले पूरा गर्न सकेकी छैनन् । तसर्थ कञ्चनपुर ३ मै उनकै पार्टीका कयौं युवाहरु उनको बिरोधमा खुलेयाम लागेका छन् ।
त्यसो त एक समय निरुमाथि ‘मानव तस्करी’ को आरोपसमेत लागेको थियो । तत्कालीन एमाले नेता महेन्द्र पाण्डे परराष्ट्रमन्त्री भएका बेला मानव तस्करीबारे समाचार आएको थियो । निरु प्रधानमन्त्री कार्यालयमा रहँदा मानव तस्करीसम्बन्धी समाचारमा समेत नाम जोडिएर आएकाे थियाे ।
यसरी मानव तस्करीमा नाम जोडिएपछि युवा संघले यसबारेमा आन्तरिक छानविन गर्न समिति नै गठन गरेको थियो । चन्द्र लामा र राजीव पहारीलगायतको सक्रियतामा बनेको त्यो छानविन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरी भित्रभित्रै गुपचुप छ ।
पार्टीका नेता र मन्त्रीहरु विदेश जाँदा भ्रमण टोलीमा सहभागी गराएर विदेश पठाइदिने भन्दै पैसा लिने गरेको आरोप पाल लगायतका युवा संघका केही नेतामाथि लागेपछि संगठनभित्रैबाट छानविन गरिएको थियो, जसको रिपोर्ट संगठनभित्रै अहिलेसम्म गुपचुप छ ।
ओली प्रधानमन्त्री हुँदाका बखत प्रदेश सरकार खारेजीको माग गर्ने सांसद पाल अहिले राप्रपाका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार धर्मराज जोशीका लागि भोट माग्दै छिन् । त्यसकारण पनि उनलाई जनताले पत्याउन गाह्राे छ ।
तसर्थ काण्डै काण्डकाबीच उम्मेदवार पालकाे प्रतिष्पर्धा कमजोर बनेकाे देखिन्छ । उनलाई कञ्चनपुर ३ का जनताले पत्याउने गतिलो आधार पाइरहेका छैनन् । सरकारी संयन्त्रको गोप्य रिपोर्टका आधारमा पाललाई उनकै पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र बिष्टले चलाखी ढंगले प्रयोग गरेको स्रोतको दाबी छ ।
प्रतिक्रिया