विराटनगर । प्रदेश–१ मा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश–१ सरकारका मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा आज प्रदेश– १ मा सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश सरकारले मन्त्री थापाको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने र एक दिन सार्वजनिक बिदा दिने हिजो निर्णय गरेको थियो ।
प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री थापाको हिजो उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको थियो । उनी निमोनिया र डेँगीबाट ग्रसित थिए ।
मन्त्री थापा मोरङ क्षेत्र नम्बर ३ (१) मा प्रदेशसभातर्फ नेपाली कांग्रेसका उमेदवार थिए ।
प्रतिक्रिया