डोटीमा ६.६ रेक्टरकाे भूकम्प, ३ जनाकाे मृत्यु

डोटी । डोटीमा बुधबार बिहान २.१२ मा आएकाे भूकम्पले घर भत्काउँदा पूर्विचौकी गाउँपालिकाकाे वडा नं ३ गैरागाँउमा ३ जनाकाे मृत्यु भएको छ । डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड बाबा आश्रमलाई केन्द्रबिन्दु बनाएर २ बजेर १२ मिनेटमा ६.६ रेक्टरकाे भूकम्प जाँदा डाेटीमा धनजनकाे क्षती भएकाे हा्े ।

भूकम्पमा परी ५ जना घाइते भएका छन् । घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ५.७ म्याग्निच्युटको भूकम्प मंगलबार राती ९ बजेर ७ मिनेटमा पनि भूकम्प गएकाे थियाे । सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको बताइएकाे छ ।

प्रतिक्रिया