तोसिमाको उम्मेदवारी विरूद्ध निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौं । डा. तोसिमा कार्कीको मनोनयन कायम राख्ने अन्तरिम आदेशमा असहमति जनाउदे निर्वाचन आयोग सर्वोच्च अदालत गएको छ । आयोगले अदालतको सो आदेश चित्त नबुझि सर्वोच्च (भ्याकेट) निवेदन दर्ता गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट गरेको हो ।

निर्वाचन आयोगले विभिन्न आधार लिएर रास्वपाको ललितपुर–३ की उम्मेदवार कार्की लाभको पदमा नै रहेको जिकिर गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो ।

प्रतिक्रिया