पाँचथरमा वातावरण पत्रकारिता तालिम सम्पन्न

पाँचथर । फिदिममा पत्रकार महासंघ शाखाको हलमा आइतबार दुईदिने वातावरण पत्रकारिता तालिम सम्पन्न भएको छ ।

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा, दिपज्वति युवा क्लब र पत्रकार महासंघ शाखा पाँचथरको संयुक्त आयोजनामा दुईदिने तालिम सम्पन्न भएको महासंघ शाखा अध्यक्ष गिरिराज बास्कोटाले जानकारी दिए ।

उक्त तालिममा पाँचथर, ताप्लेजुङ, इलाम जिल्लाका पत्रकारले वातावरण पत्रकारिता तालिम लिएका छन् । तालिममा सहभागी पत्रकारहरुलाई अग्रज पत्रकार मोहन मैनालीले प्रशीक्षण दिएका थिए ।

जैविक विविधता संरक्षण र वातावरण संरक्षण गर्नलाइ क्षमताको विकास गर्न तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको समापनमा प्रमुख आतिथ्य जिल्ला न्यायाधीश टिकेन्द्र दाहाल, विषेश अतिथि सिडिओ गणेश गैरे, पत्रकार महासंघका पूर्व सभापति प्रेम ओझा, ताप्लेजुङ पत्रकार महासंघका अध्यक्ष आनन्द गौतम, पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष गिरिराज बास्कोटा को अध्यक्षमा तालिम सम्पन्न भएको हो । समापन समारोहमा सुरक्षा अधिकारीहरु, पत्रकार महासंघ शाखा पाँचथर का पूर्वसभापति तथा पूर्वअध्यक्ष, प्रदेश उपाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया