पाँचथर । फिदिम नगरपालिका वडा नम्बर दुई को एमाले निर्वाचन प्रचार प्रसार तयारी गरेको छ । आइतबार एमाले वडा कमिटी बैठकले कार्तिक २१ गते देखि घरदैलो अभियान गरि २६ गते सम्पन्न गर्ने निर्णय गरेको वडाध्यक्ष पारसमणि अधिकारीले जानकारी दिए । संघ र प्रदेशका उम्मेदवारलाइ जिताउन घरदैलो अभियान सञ्चालन बताइएको छ ।
प्रचार प्रसार अभियानमा बिभिन्न टोली गठन गरिएको जनाएको छ । युवा, महिला, बुढापाकाको मत सर्वेक्षण गर्न संरक्षक टोली बनेको छ । निर्वाचन अभियान सञ्चालन खर्चलार्इ पार्टी सदस्यले स्वइच्छाले सहयोग गर्ने छलफल भएको अधिकारीले जनाए ।
निर्वाचनमा अपुग खर्च पार्टीका चार जना उम्मेदवारसँग अनुरोध गर्ने पनि उनले बताए । बैठकमा वडा कमिटीले स्थानीय निर्वाचनमा एमालेलाई बिजयी गराउने आफन्तजन, शुभचिन्तक, पार्टी पंक्तिलाइ धन्यवाद दिएको छ ।
प्रतिक्रिया