बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बझाङ । बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा न—५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको आज भिरबाट लडेर मृत्युु भएको हो ।

आग्रिले मदिरा सेवन गरेका कारण आइतबार बिहान गाउँ नजिकैको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर भाइते भएको बताइएको छ । स्थानीयहरुले घाइते अवस्थामा भेटेपछि उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्त कालेबहादुर आग्रीले बताए । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बझाङले जनाएको छ ।

प्रतिक्रिया