फिदिमबाट पटका बरामद

पाँचथर । फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गरेको छ । प्रहरीले खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

बरामद गरिएको पटका आहाल गैरी, पल्लोटार, शनिबार क्षेत्रबाट बरामद गरिएको हो । बजार आसपास क्षेत्रमा तिहार आउनु अगावै पटका पड्किरहेको अवस्था थियो । पटकाबाट विभिन्न खालका दुर्घटना हुनबाट बच्नलाई प्रहरीले खोजतलास मा तिब्रता दिएको छ ।

उक्त बरामद पटकाहरु जनप्रतिनिधिहरूको रोहवरमा डिस्पोज गरिने प्रहरीका सूचना अधिकारी राईले बताए । पटका बेच्ने व्यापारीलाइ तोकिएको कानूनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले पटकाहरु बेच्नेलाई कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया