बझाङ . जिल्लाको तलकोट गाउँपालिकाले मस्टा गाँउपालिकामा भएको जिप दुर्घटनामा परी घाइते भएका हरुलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएका छ ।
तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन । हिजो सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजार वाट मष्टा गाउपालिका वडा नँ –२ खेतकोट जाँदै गरेको सु।प।प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गापाको तुफानडाँडामा दुर्घटना भएको थियो।
जीप दुर्घटना हुँदा ७ जनाको घट्ना स्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा ज्यान गएपछि मृतकको संख्या आठ पुगेको हो। अन्य १७ जना घाइते भएकाहरुको उपचार भइरहेको छ ।
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जीप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जीप सडकबाट २ सय मिटर तल खसेको थियो।
यस्तै मस्टा गाँउपालिकाल दुर्धटनामा परी निधन भएका र अन्य धाईते भएका हरुकोृ स्वास्य लाभको कामना गर्दै गाँउपालिका अन्तरगतका कार्यालय र तथा सँघ सस्था हरुमा आज शोक विदा दिने निर्णय गरेको मस्टा गाँउपालिका निमित्त प्रमुखप्रशासकिय अधिकृत पृथुराज जोशीले जानकारी दिए ।
प्रतिक्रिया