प्रहरी दिवसमा रक्तदान

पाँचथर । प्रहरीले ६७औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रेडक्रस सोसाइटी पाँचथरको प्राविधिक सहयोगमा नेपाल प्रहरीका १७ जना र मालेका नेता दिननाथ घिमिरेसहित १८ जनाले रक्तदान गरेका छन् ।

पाँचथर प्रहरीका डिएसपी हरि खतिवडासहित सिडिओ गणेश गैरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

रक्तदान जिवन दान, मानवीय कार्य गर्दै कार्यक्रम समापन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया