पाँचथर । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत कुम्मायक गाँउपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा कुम्मायक गाँउपालिका मा मंगलबार अन्तरक्रिया गरिएको छ । उक्त सचेतना र अन्तरक्रिया कार्यक्रममा स्थानीय तह, जिल्लाका प्रमुख, सुरक्षा अधिकारी, स्थानीयवासी लगायत अन्य सरोकारवालाहरु समेतको उपस्थिति रहेको हो ।
लैंङ्गिक हिंसा, लागू औषध दुर्व्यसन,आत्महत्यालगायत विभिन्न प्रकृतिका हिंसा, अपराध एवं घटनाहरुको सम्बन्धमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कुम्मायक गाँउपालिका उपाध्यक्ष, पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायधिवक्ता, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
विभिन्न प्रकृति एवं स्वरुपमा बढ्दो अपराध, हिंसाजन्य घटना अन्य विकृति विसंगति नियन्त्रण एवं समाधानका उपाय, कानूनी कारवाही, नियन्त्रणमा सुरक्षा निकाय, स्थानीय तह लगायत अन्य सरोकारवालाहरुको प्रयास एवं भूमिका सम्बन्धमा कार्यक्रममा समिक्षा एवं अन्तरक्रिया सम्पन्न भएको हो ।
पाँचथरमा डिएसपी हरि खतिवडाले बिभिन्न किसिमका अपराध न्युनिकरण गर्न सचेतना अभियान खोजतलास अभियान कार्य सञ्चालन गरेको पाइन्छ ।
प्रतिक्रिया