सहिद परिवारलाई भेट्न पुगे मकवानपुर–२ का उम्मेदवार बर्तौला

हेटौंडा । हेटौंडाको मुख्यमन्त्री कार्यालय भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने बित्तिकै नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवारी दिएका महेशकुमार बतौंलाले सहिद परिवारमा जाने योजना बनाए । मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा होमिन लाग्नु भएका बतौंला केही नेता कार्यकर्ताको साथमा मकवानपुरगढी गाउँपालिका ५ काञ्चनथलीस्थित सहिद बासुदेव घिमिरेको घर पुग्नु भयो । उनी पुग्ने वित्तिकै आफ्नो छोराको झ-झल्को आएको भन्दै शहीद पीता कृष्णप्रसाद घिमिरे निकै भावुक भए ।

निकैबेरको दुखसुखका कुराकानीपछी नेकपा एमालेबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गराएका महेश बर्तौलालाई कृष्णप्रसादले दशैको अन्तिम दिनको टिका लगाएर मंसिर ४ गतेको चुनावमा जितको शुभकामना दिए । मकवानपुरगढी गाउँपालिका ५ काञ्चनथलीस्थित घिमिरेको घर पुगेका बर्तौलाले पिता कृष्णप्रसादको हातबाट टीका लगाउँदै आसिक र शुभकामना दिनेक्रममा सहिद पीता घिमिरे निकै भक्कानिए । उनले दसैँ र चुनावको शुभकामनाको टिका लगाएर माला लगाएपछी बतौंलाले आफ्नो चुनावी अभियान यहीबाट सुरु भएको बताए ।

२०६२–०६३ सालको आन्दोलनकै उपलब्धीले आफु उम्मेदवार बनेको र त्यही जनआन्दोलनमा आफ्ना साथी बासुदेव गुमाउनुपरेकाले सहिद परिवारमा भेटेर मात्र यो अभियान सुरु गरिएको बतौलाले बताए । सहिद र सहिदका परिवारको यो उपलब्धीका कारणनै अहिलेको अवस्था आएकाले आफुले सधै सम्झने र उनीहरुको बलिदानको कदर गर्ने बतौंलाले बताए ।

शहीद बासुदेव कृष्णप्रसादको कान्छो छोरा हुन । उनको जनआन्दोलनको क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । पिता घिमिरेले आफ्नो कान्छो छोराको रूपमा दशैंको पूर्णिमाको दिन टीका लगाउन पाउँदा खुशी लागेको भन्दै आँशु झारेका हुन् ।

राजनीतिक परिवर्तनका निम्ति छोराले ज्यान गुमाए पनि सरकारबाट निरन्तर अपहेलनामा परेको गुनासो गरेका कृष्णप्रसादले छोराकै साथीले निर्वाचन लड्न लागेको भन्दै आशिर्वाद दिए । उनले उम्मेदवारी दिएपछि सहिद सम्झिएर आएजस्तै गरी निर्वाचन जितेर आउन नबिर्सिन आग्रह गरे ।

बर्तौलाले टीका लगाउँदै बासुदेवको योगदानलाई मर्न नदिने अठोट गरे । बासुदेवले लडेर ल्याएको परिवर्तनकै कारण निर्वाचन लड्न जनतामा छोराछोरी संसदमा पुग्न पाएको भन्दै बर्तौलाले मकवानपुरले गर्व गर्नुपर्ने बताए । उनले मुलुकका लागि ज्यान दिएको बासुदेवलाई फोटोमा टाँसेर मात्र नभई पहिचान दिने गरी काम गर्ने प्रतिबद्धता गरे । २०६२/०६३ पछि भएका निर्वाचन जितेका नेताहरू शहीद परिवारकोमा टेकेका थिएनन् । स्थानीय सरकार आएपछि मात्रै बासुदेवको नाममा पार्कदेखि सहयोग मिलेको थियो ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया