दलित समुदायको हकहितको लागि लड्ने पार्टी एमाले हो : बर्तौला

मकवानपुर । नेपाल उत्पीडित जातिय मुक्ति समाज भीमफेदी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज मकवानपुरका संयोजक गोविन्द विश्वकर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उपसचिव तथा प्रचारविभाग प्रमुख महेश बर्तौैलाको विशेष उपस्थिति रहेको थियो ।

अधिवेशनले बिमला विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय मुक्ति समाज भीमफेदी गाउँपालिका कमिटि गठन गरेको छ । सो कमिटिको उपाध्यक्ष सरिता देउला, सचिव सुनिल सुनार, उपसचिव सुभद्रा विश्वकर्मा, बिमला विश्वकर्मा र कोषाध्यक्ष सावित्रि परियार चयन भएका छन् । सो कमिटिको सदस्यहरु हिरा मिजार, सुमित्रा विश्वकर्मा, सिमा सुनार, श्रृजना सुनार कुमारी सुनार, गणेश विश्वकर्मा र गोपिलाल विश्वकर्मा चयन भएको भीमफेदी गाउँपालिकाका कार्यपालिका सदस्य सुदन विश्वकर्माले जानकारी दिए ।

अधिवेशनलाई सम्बोधन गर्दै उपसचिव बर्तौलाले दलित समुदायलाई आर्थिक, सामाजिक एवम् राजनितिक रुपमा सशक्त भई लाग्न जोड दिए । पार्टी दलित समुदायको निमित्त अहोरात्र खटिरहेको भन्दै आउदै गरेको निर्वाचनमा नेकपा एमालेलाई विजय गराउन एक भएर लाग्न समेत आग्रह गरे । उनले भने, ‘एमाले पार्टी भनेको सर्वहारा बर्गको पार्टी हो,दलितको हकहितमा लड्ने पार्टी अरु नभई एमाले हो त्यसैले अबका निर्वाचनमा एमाले जिताउन् लाग्नुस् ।’

सो कार्यक्रममा मुक्ति समाज केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज नारायण गजमेर, केन्द्रीय कमिटी सदस्य एवम् सहइन्चार्ज सरिता परियार, मुत्ति समाजका केन्द्रिय सदस्य एवम् नेकपा एमाले जिल्ला कमिटि सदस्य कमल कुमार विश्वकर्मा, नेकपा एमाले भिमफेदी गाउँकमिटि अध्यक्ष सानु थापा, भीमफेदी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा उपसचिव काशीराम बज्यू, गाउँपालिकाका कार्यपालिका सदस्य सुदन विश्वकर्मा, मुक्ति समाज हेटौँडा नगरकमिटि अध्यक्ष इश्वारी रसाईली, युवा संघ जिल्ला सचिवालय सदस्य तथा भीमफेदी इन्चार्ज अनिल अधिकारी, अनेरास्ववियु जिल्ला सदस्य राजिव परियारको आथित्यता रहेको थियो ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया