लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले १० लाखसम्मका योजना सम्बन्धित् वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले प्रभावकारी योजना सम्पादनका लागि उपभोक्ता समितिलाई अभिमुखीकरण सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना प्रभावकारी र गुणस्तरीय रुपमा सञ्चालन गर्न गाउँपालिकाले उपभोक्ता समितिलाई अभिमुखीकरण गराएको हो ।
असोज १५ गतेसम्ममा पालिकाभित्रका सबै वडामा अभिमुखीकरण तथा तालिम सम्पन्न गरिसक्ने गाउँपालिकाले जनाएको छ । योजनालाई चुस्त दुरूस्त बनाई गुणस्तरीय योजनासँगै स्तरीय कार्यसम्पादन गर्नका लागि उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
लमजुङ
प्रतिक्रिया