धनगढी । बिहीबार रातीदेखि सुदूरपश्चिममा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । भीमदत्त राजमार्गका अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको छ ।
प्रतिक्रिया