बझाङ । बझाङकोे छविस पाथिभेरा गाउँपालीका वडा नँ—१ बगडगाउँमा अस्थायी प्रहरी पोष्ट भवनको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमकाबीच नवनिर्मित अस्थाई प्रहरी पोष्ट भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा छविस पाथिभेरा गाउँपालीका अध्यक्ष बसन्त चलाउने, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी प्रमुख डिएसपी जागेश्वर भण्डारी, छविस पाथिभेरा १ का वडाध्यक्ष करनजङ्ग बहादुर सिंहलगायतको स्थानीयको उपस्थिति रहेको थियो ।
उद्घघाटन कार्यक्रममा बोल्दै डिएसपी जागेश्वर भण्डारीले भवनको स्थापना भएपछि सेवा प्रवाहमा छिटो छरीतो काम हुने बताए । उनले भवन निर्माणमा सहयोग गर्ने स्थानीयहरुलाई धन्यवाद दिए । कार्यक्रममा भवन निर्माणका लागी जग्गा दिई सहयोग गर्ने विरेन्द्र गिरी, शान्ति गिरी र रगुप्रशादलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भवन निर्माण काममा सहयोग गरेजस्तै अन्य काममा पनि सहयोग गर्न आग्रह गरे । अब आउने दिनहरुमा पनि प्रहरी प्रशासन र स्थानीयले सँधै हातेमालो गर्नुपर्ने बताए ।
त्यस्तै छविस पाथिभेरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले प्रहरी चौकी स्थापना गर्न आफूहरुले धेरै संघर्ष गरेको बताए । उनले भने, ‘संघर्ष गर्यौं सफल पनि भयौं । नजिकै प्रहरी चौकी भएपछि शान्ति सुरक्षामा राम्रो हुनेछ ।’
बझाङ
प्रतिक्रिया