धनगढी । दार्चलामा शुक्रबार रातीबाट परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । जिल्लाको नौगाड गाउँपालिकाका– ३ र महाकाली नगरपालिकाका– २ जना गरी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–१,सल्ला की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, वडा नम्बर–२ का ६८ वर्षीय मोहनराम पार्की र महाकाली नगरपालिका–३ डुङ्रीकी ३५ वर्षीया मानमती कार्की,वडा नं. २ मैखोलीका ७७ वर्षीय नन्दराम बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
नौगाड गापाका ५ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि लैजान सुर्खेतबाट हेलिकप्टर आउँदै गरेको प्रहरी निरीक्षक सिंहले बताए । त्यस्तै महाकाली नदी र लास्कु खोलाकमा आएको बाढीले अझै ४ जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा लागिरहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौँ घर, झोलुंगे पुल बगाउनुका साथै पक्की पुलमा क्षति पुगाएको जनाइएको छ । क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कैलाली
प्रतिक्रिया