काभ्रे । नेपाली नक्कली रुपैयाँ सहित एक जना पक्राऊ परेका छन् । भदौ २३ गते काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा ०७ बडारे गाउँबाट हेटौडा उपमहानगरपालिका वडा ०८ कमाने घर भएका ३० वर्षिया नारायण पाख्रिनले पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रे लाई आएको बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
उनका अनुसार सूचना पश्चात तत्काल जिल्ला प्रहरी कार्यालय काभ्रेले तत्काल ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कानुन बमोजिम नियन्त्रणमा लिई निजको शरीर समेत तलासी गर्दा ९ थान हजारको परिमाणमा १ हजार दरको नेपाली रुपैया नारायण पाख्रिनको साथबाट बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
पाख्रिनलाई पक्राउ गरी थप अनुसन्धान गरी ‘मुलुकी अपराध संहिता, २०७४’ को परिच्छेद(२२ मुद्रा सम्बन्धी कसूरमा काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले उल्लेख गरेकाे छ । पाख्रिनको साथबाट नक्कली नेपाली रुपैया १००० दरको थान ९, सक्कली नेपाली रुपैया १००० दरको थान १ बरामद गरिएको छ ।
प्रतिक्रिया