बझाङ जिल्ला अदालतकाे भवन उद्घाटन

बझाङ । जिल्ला अदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कायमुकाय प्रधानन्ययाधीश कार्कीले अदालतमा आउने सेवाग्राहीहरु प्रतिको धारणा कस्तो र सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सक्यो कि सकेनाैँ भने सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सक्यौँ भने न्यायाधीश र कर्मचारी कानून व्यवसायी सफल भएको मानिने र हामीहरुले आप्नो काम कर्तव्य चुस्त र दुरुस्त बनाउनुपर्ने तथा सना कुरामा ध्यान दिनुपर्ने अदालतप्रतिको जनविस्वार बढाउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधिश नृपधोज निरौलाले बझाङ जिल्ला अदालत अत्याधुनिक र राम्रो भवन बनेको बताए । उनले उक्त भवनबाट राम्रो सेवा प्रवाह गर्नुपर्ने र न्यायाधीश कर्मचारी न्याय क्षेत्रमा काम गर्ने सरोकार वालाहरुको दायित्व रहेको बताए ।

साथै, उनले अदालत राम्रो भएर मात्र नहुने र सबैले यस भवनबाट राम्रो सेवा प्रवाह पनि गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र जिल्ला अदालत बझाङका न्यायाधीश नन्द्रकिशोर यादव, जयपृथ्वी नगरपालिकाका कार्यवाहक नगरप्रमुख पुष्प सिंहले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे । भवन निर्माणका लागि ८ करोड ३६ लाख खर्चिएको अदालत बझाङले जनाएको छ ।

प्रतिक्रिया