भैरहवा । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
रुपन्देही कांग्रेस– ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाँणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।
क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाँण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाँण रहेका छन् ।
प्रतिक्रिया