रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा अविरल वर्षाले जमिन भासिएपछि सडक अवरुद्ध भएको हो ।
आज अपराह्न करिब ४ः३० बजेको समयमा सो ठाउँमा करिब ४० मिटर जमिनसहितको सडक भासिँदा पूर्णरूपमा अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडक खुलाउन प्रहरीचौकी दोभानबाट प्रहरी टोली खटिएर सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय गरी बाटो बनाउने पहल भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया