पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा एक सय स्थानमा दाबी रहने बताएका छन् ।
शनिबार प्रेस युनियन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा आङदेम्बेले उक्त कुरा बताएका हुन् । गठबन्धन मा रहेका दलहरुले समानुपातिक तर्फको आधारमा कांग्रेसले एक सय स्थानमा सशक्त दाबी रहने आङदेम्बेको भनाइ छ ।
आङदेम्बेले कांग्रेसले एक सय स्थान लिएर अन्य स्थानमा सहयात्री दलले लिने सहमतिका लागि प्रयास भइरहेको बताए । सत्ता गठबन्धनलाइ निरन्तरता दिएर पाँच वर्षका लागि स्थायी सरकार बानाएर विकास निर्माण गरेर देखाउने सहमहामन्त्री आङदेम्बेले जिकिर गरे ।
कांग्रेसले सञ्चालनमा ल्याएको जनताको साथमा कांग्रेस, अभियान का लागि गृह जिल्ला आएका हुन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो संघमा उम्मेदवारी रहने बिवाद नभएको र अहिले नै निर्णय नभइसकेको आङदेम्बेले बताए ।
जनताको साथमा कांग्रेस अभियानमा पाँचथर जिल्ला खटिएका प्रतिनिधि प्रदिप सुनुवारले कांग्रेसलाई विजयी गराउन क्षेत्र गत बिस्तारित बैठक र छलफल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया