पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा १२ बर्षिया बालिका बलत्कार गरेको आरोपमा एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् । याङवरक ४ स्थित सनसाइन बोडिङ्ग स्कुलमा पढाउने सरजित ठटाल शनिबार पक्राउ परेका हुन् ।
शुक्रबार बालिकाका आफन्तले उजुरी दिएका थिए । भारतको सिक्किम रिम्विक ठेगाना भएका ठटालमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया