काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स चिरायु मुद्दति योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्दति योजना’ खाता सञ्चालनमा ल्याएको छ । यी मुद्दति योजनाहरू बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरसिप डेभलपमेन्ट तथा क्यापसिटी बिल्डिङ एक कार्यक्रमकाबीच शनिबारदेखि नै लागू भएको घोषणा गरेका हुन् ।
शाखा प्रबन्धकहरू तथा वरिष्ठ व्यवस्थापकहरूलाई चितवनको सौराहमा सम्बोधन गर्दे बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैंकलाई अब्बल बनाउने घाोषणा गरे । सिटिजन्स चिरायु मुद्दति योजनाअन्तर्गत ग्राहकले १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म मुद्दति खातामा रकम जम्मा गरेअनुसार सावाँ तथा ब्याजबापत लाग्ने करपछि एकमुष्ट रूपमा ४ गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
यसैगरी, रेमिट्यान्स चिरायु मुद्दति योजना ग्राहकले १२ वर्ष ३ महिनादेखि २० वर्ष ३ महिनासम्म मुद्दति खातामा रकम जम्मा गरेअनुसार सावाँ तथा ब्याजबापत लाग्ने करपछि एकमुष्ट रूपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस मुद्दति निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्यूनतम ५० हजार रुपैयाँ मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्दति निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।
प्रतिक्रिया